Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माले भने - आज आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग पछि गरौँला

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा गर्न युवा पुस्ता अगाडि बढेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौंमा प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले अहिले पार्टीभित्र युवा नेताहरू कुनामा बसेर दुनोमा खाने अवस्था रहेको बताए । उनले पार्टी सङ्लिने र तङ्ग्रिने बेला भएको बताए ।

महामन्त्री शर्माले भने,'नेपाली कांग्रेस सङ्लिने र तङ्ग्रिने बेला पनि हो । आज आफैँले आफैँसँग प्रतिस्पर्धा हुनु बेला हो। अरूसँग पछि प्रतिस्पर्धा गरौँला । बाह्रै मास चुनावको चिन्ता गरेर देश बन्दैन । राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ । चुनावको चिन्ता गर्दैन । हामी आजको काम गरौँ । कांग्रेसले गरेका कामको प्रचार गरौँ ।'

कांग्रेस मिसन ८४ भन्दै अहिले नै घोषणा गर्ने हतारोमा नरहेको उनको भनाइ थियो । ८४ मा चुनावमा मात्र हुने भएकाले अहिले कांग्रेसको मिसन काम भएको महामन्त्री शर्माले बताए ।

देशमा सबै ठिक ठाक नभए पनि केही बनेको छैन भन्ने कुरा पनि सत्य नभएको महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077