Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाको अन्त्य नभई देशले निकास पाउँदैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाको अन्त्य नभई देशले निकास नपाउने बताएका छन् ।

जिल्ला समिति काठमाडौंद्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले यस्तो बताएका हुन् ।

उनले राष्ट्र निर्माणको फरक विचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत ब्यक्त गरे ।

संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा ब्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको चलखेलबाट मुलुक आक्रान्त भएको पनि उनको भनाई छ ।

उनले पार्टीको भावी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077