Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनले भने - माइक्रोमिटरबाट प्लाष्टिकको मोटाइ नापेर अनुगमन गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइक्रोमिटरबाट प्लाष्टिक(पोलिथिन)को मोटाइ नापेर अनुगमन गर्ने बताएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक संञ्जालमार्फत माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नाप्ने बताएका हुन् ।

मेयर बालेनले प्लाष्टिक निषेध कार्यक्रम महानगरका लागिभन्दा पनि महानगरबासी, वातावरण र जीव जनावरको वचावटका लागि भएको बताए ।

उनले लेखेका छन्, 'माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक छ । यसैकारण दीर्घ रोग र महामारीबाट जनधनको क्षति व्यहोर्नु परिरहेको छ । मानिसमा जस्तै असर अन्य जीव जनावरमा पनि परेको छ । जमिनको उर्वराशक्ति क्षय भइरहेको छ । मानव सभ्यता र वातावरण माथिको यो असर घटाउन काठमाडौँ महानगरपालिकाले पोलिथिन झोला र प्लाष्टिकजन्य फूललगायतका सामान निषेध अभियान थालनी गरेको हो ।'

मेयर बालेनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077