Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा असभ्य रुपमा सञ्चालन हुन थालेको वामदेव गौतमको आरोप

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्य र सँस्कृतिहीन भएको आरोप लगाएका छन् ।

पछिल्लो समय प्रतिनिधिसभामा देखिएका गतिविधि गलत भएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै गौतमले नेपालको संसद पहिलादेखि विवादित तवरले चल्ने गरेको भएपनि पछिल्लो समय इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए।

गौतमले भने, 'एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना नै उठेर बोल्ने गरेका छन् । कहिले ५० जना, कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसद असभ्य र संस्कृतिहीन भएको छ ।'

उनले पछिल्लो समय राष्ट्रिसभा पनि प्रतिनिधिसभाकै बाटोमा लागेको समेत टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077