Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

काठमाडौं । प्रहरीले बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई पक्राउ गरेको हो ।

एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077