Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय क्रिकेट : भारतसँग वेस्ट इन्डिज पाँच विकेटले पराजित

काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई पाँच विकेटले पराजित गरेको छ ।

गए राति बारबाडोसको केंसिंग्टन ओभलमा भएको खेलमा वेस्ट इन्डिजले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारतले ५ विकेट गुमाएर २२ ओभर ५ बलमै पूरा गर्‍यो ।

यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज २३ ओभरमा १ सय १४ रनमा अलआउट भयो ।

यो जितसँगै भारतले ३ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ । यसअघि भएको २ खेलको टेस्ट शृङ्खला भारतले १–० ले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077