Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सांसद तोसिमा कार्कीले खुलाइन् स्वकीय सचिवका लागि आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीलेले स्वकीय सचिव पदका लागि आवेदन खुला गरेकी छिन्।

पूर्व राज्यमन्त्रीसमेत रहेकी कार्कीले योग्यता पुगेका, कर्मशील तथा इच्छुक नेपाली युवाहरूले ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामार्फत जानकारी गराएकी छिन्।

५ दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

जसका लागि शैक्षिक र अन्य योग्यता पनि आवश्यक रहेको जनाइएको छ कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको हुनुपर्ने कार्कीले जारी गरेको सूचनामा उल्लेख छ।

समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको व्यक्ति हुनुपर्ने बताउँदै महिलालाई विशेष ग्राह्यता दिइने पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077