बाँके । सशस्त्र प्रहरीले ४२ लाख १२ हजार ९ सय ७ रुपौयाँ बराबरको भन्सार छली नेपाल भित्र्याइएका विभिन्न ब्रान्डका मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बाँकेको नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट मोबाइलका डिस्प्लेसहित भारतको उत्तर प्रदेश बरेलीका विनावेद अलीलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेले अलीलाई बाँके कोहलपुर नगरपालिका–११ स्थित कृषि चोकमा जाँच गर्ने क्रममा मोबाइल डिस्प्लेसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका अलीले चलाएको से ७ प ८९९९ नं.को मोटरसाइकल जाँच्दा भन्सार छली नेपाल भित्र्याइएको विभिन्न ब्रान्डका मोबाइलका डिस्प्ले फेला परेको हो ।
सशस्त्र प्रहरीका अनुसार अलिलाई मोबाइलका डिस्प्लेसहित मोटरसाइकल समेत नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाह बाँकेमा पठाइएको छ ।