Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । काठमाडौंका विभिन्न भू–भागमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ ।

पछिल्लो दुई घण्टामा बूढानीलकण्ठ, जितपुर र आसपासमा भारी वर्षा भएको हो । विष्णुमती नदीको गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।

विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077