Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंसिर ११-१३ मा महासमिति बैठक आयोजना गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने छ । साथै बैठकमा निर्णयको प्रस्ताव पेस गर्दै महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करीमा संलग्न दोषीलाई अबिलम्ब कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077