Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेला परेनन् सामाखुसीबाट बाढीमा बेपत्ता भएका बालक

काठमाडौं । सामाखुसीमा आएको बाढीमा बेपत्ता भएका बालक अझै फेला परेका छैनन्।

आइतबार अपराह्न साढे ४ बजे काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बालक बेपत्ता भएका थिए।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका हुन्।

विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । तर उनी अझै फेला पर्न सकेका छैनन्। खोजी गर्न काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पनि पत्राचार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077