Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्म १२७ नयाँ दरबन्दी थपियो, कुन पदमा कति ?

काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १२७ नयाँ दरबन्दी थप गरेको छ ।

यही साउन ३ गतेको मन्त्रिपरिषद बैठकले जवानदेखि नायव निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर अधिकृत स्तरका १२७ दरबन्दी थप गरेको हो । यस्तै ५८ जना वरिष्ठ सईको समेत नयाँ दरबन्दी थप गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका ११ दरबन्दी सिर्जना गरेको छ भने त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ रहेको छ । यस्तै एसपीमा ४१, डीएसपीमा २८ र इन्स्पेक्टरमा ४७ नयाँ दरबन्दी सिर्जना भएको हो ।

मुख्यालयका अनुसार संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृत स्तरमा केही दरबन्दी थपिएको छ । नयाँँ दरबन्दी सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको सशस्त्र प्रहरी मुख्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077