Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीले बोलायो पूर्ण केन्द्रीय समिति बैठक

काठमाडौं । जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक डाकेको छ ।

पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवका अनुसार बै‌ठक यही साउन १८ गते क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बस्ने गरि आह्वान गरिएको छ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको बै‌ठक आह्वान गरिएको हो ।

पार्टीमा केही नयाँ सदस्य थपिएकाले आपसमा चिनजान गर्ने र अनुभव बाँड्ने बताईएको छ । केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो समेत ल्याउन भनिएको प्रवक्ता यादव बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077