Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंखमुलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको अवरोध

काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा श्रावण १ गतेदेखि स्थानीयले सञ्चालन गरिरहेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा महानगले अवरोध गरेको हो ।

महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।

पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृति समेत नलिई गरिएको भन्दै महानगरले स्वीकृति लिएर यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरिएको बताईएको छ ।

स्थानीयहरुले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान नरोक्ने बताएपछि नगरप्रहरी र स्थानीयबिच केहीबेर भनाभन समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077