Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आरजुलाई महामन्त्री थापाको जवाफ - मलाई एनजीओबारे अनुभव अनुभव छैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले ल्याएको कार्ययोजना आम पार्टीको विसलिष्ट भएको बताएका छन् ।

महामन्त्री थापाले विधानअनुसार समयबद्ध काम गर्न वार्षिक कार्यतालिका केन्द्रीय समितिमा पेश गरेको बताएका हुन्।

आफूले केन्द्रीय समितिमा पेश गरेको कार्ययोजनालाई केही केन्द्रीय सदस्यले एनजीओको विसलिष्ट भनेको पनि थापाले बताए।

सोमबार केन्द्रीय समितिमा बोल्दै महामन्त्री थापाले भने, ‘केही विद्वान साथीहरूले यो एनजीओको विसलिष्टजस्तो छ पनि भन्नुभयो। एनजीओमा धेरै काम नगरेको हुनाले मलाई यसबारे अनुभव त छैन।’

केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्री थापाले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो भएको र यसले देश हाँक्न नसक्ने केन्द्रीय समितिमै बताएकी थिइन्।

उनले पार्टीमा विधानको शासन हुन्छ र समयबद्ध काम हुन्छ भनेर कार्ययोजना ल्याइएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077