Online Nepal
  • बिहिबार, १८ पुष २०८१
  • राजनीतिक रुपान्तरणका लागि ‘एग्जिट पोलिसी’ आवश्यक छ : विश्वप्रकाश शर्मा

    राजनीतिक रुपान्तरणका लागि ‘एग्जिट पोलिसी’ आवश्यक छ : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 573
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रुपान्तरणका लागि बहिर्गमन नीतिको आवश्यकता रहेको बताएका छन् ।

    सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    महामन्त्री शर्माले भने,‘रुपान्तरणको अभियान भनेर केही साथीहरुले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ती साथीहरुले आत्मालोचना गरेर बस्नुपर्छ । तर त्यहाँ पनि केही महत्त्वपूर्ण विषयहरु संगठनका लागि गरौं भनेर आएका छन् । एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो । केही वर्षअघि लहर चलेको थियो । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो ५ पटक हुन्थें भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ।’



    महामन्त्री शर्माले राजनीतिक दलहरुले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताए ।

    राजनीतिमा उमेर नभइ एजेण्डा महत्त्वपूर्ण हुने भए पनि महत्त्वपूर्ण पदहरुमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको महामन्त्री शर्मालेको तर्क छ।

    यस क्रममा उनले विभिन्न नयाँ दलहरुले मिसन २०८४ सञ्चालन गरे पनि २०८४ मा २००७ सालको जस्तो क्रान्ति नभइ निर्वाचन मात्र हुने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार