Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस बैठकमा महामन्त्री थापाले भने - म मौन ब्रत बस्दैमा पार्टीको सबै समस्या हल हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘बाहिर जे–जे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगत रूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन व्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ ।’

उनले महामन्त्री मौन बस्यो भने ठिक हुन्छ भन्ने कुराले पार्टी दुर्घटनामा पर्ने पनि बताए । थापाले आफूहरू फुटबल हारेको टिम जस्तै भएको बताए ।

उनले आफूले प्रस्तुत गरेको एजेन्डामा लाञ्छना लागेको बताए । थापाले बाहिर जाँदा समस्या देखिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077