Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आलोचना गर्दा देउवा रिसाउनु हुन्न तर अरूले खुइल्याउन लाग्यो भन्छन् : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार केन्द्रीय समिति पूर्णता नदिएपछि सभापतिको आलोचना गरेको बताएका छन् ।

सोमबार केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले आफूहरूले सभापति शेरबहादुर देउवाको आलोचना गर्दा सभापति देउवानिकट केहीले सभापतिलाई खुइल्याउन लागेको भन्दै विरोध गर्ने गरेको बताए ।

महामन्त्री शर्माले भने, ‘सभापतिलाई महामन्त्रीले गाली गरे, खुइल्याउन लागे भन्ने धेरै साथीहरूबाट कुरा आएको छ। आलोचना र गालीबीच फरक छ साथी हो।’

सभापतिले विधानअनुसार केन्द्रीय समिति पूर्णता नदिएको, विभाग र भ्रातृ संस्था नबनाएकोमा आफूहरूले आलोचना गरेको पनि उनले बताए।

उनले आलोचना गर्दा सभापति देउवा नरिसाए पनि तर साथीहरू सभापतिलाई गाली गर्‍यो भनेर हल्ला गर्ने गरेको बताए ।

उनले पार्टीबाट मन्त्रीहरू पठाउँदा पनि दलित, थारूलगायत समुदायको प्रतिनिधित्व हुन नसकेको बताए। उनले बदलिएको र बलियो कांग्रेस भएर आगामी दिनमा आउने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077