Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किराँतीले भने - सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार प्रतिबद्ध छ

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदालाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री किराँतीले विदेशीहरुको नक्कल गर्दा सम्पदा क्षेत्र पार्क र फाइभ स्टार होटल जस्ता बन्न थालेको भन्दै त्यसो हुन नदिन सरकार गम्भिर रहेको बताए ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका किराँतीले सम्पदाहरुलाई संस्कृति र प्रकृतीमैत्री रुपमा विकास गर्नुपर्ने भन्दै सम्पदालाई सम्पदाकै रुपमा विकास गर्ने नीति सरकारले लिने उल्लेख गरे ।

उनले गौतमबुद्धले विश्व शान्तिका लागि वैचारिक रुपमा क्षेप्यास्त्र संसारभर फैलाएको स्मरण गर्दै लुम्बिनीलाई विश्वशान्तिको रुपमा विकास गर्ने गरी नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077