Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापतिलाई सुझाव मात्र दिएको हो, आफ्नो भागको कमजोरी आत्मसाथ गर्छु : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई आलोचना र गाली गरेको नभएर सुझाव मात्र दिएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी बैठकमा सभापतिलाई गाली गरेको भन्ने टिप्पणीको जवाफ दिदै पार्टी विधान अनुसार अगाडी बढाउन सुझाव दिएको बताएका हुन् ।

महामन्त्री शर्माले सभापति देउवालाई आफ्ना गल्ति सुधार गर्न र पार्टीलाई विधानको व्यवस्था अनुसार संचालन गर्न आग्रह गरेका छन् ।

उनले आफूहरूले बोलेको कुरा सभापतिलाई खुइल्याएको रूपमा अर्थ लगाउन नहुने भन्दै आफूले कमजोरी गरेको भए मुस्कुराएर आत्मसाथ गर्ने बताए ।

आफूले अन्य दलको ब्राण्डीङ नगरौँ मात्र भनेको जिकिर गरे । शर्माले बैठकमा केन्द्रीय सदस्यले उठाएका विभिन्न प्रश्नको समेत जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077