Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब सबै कम्युनिष्टहरु एकताबद्ध हुनपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले समृद्ध समाजवाद निर्माण गर्न सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।

उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए ।

उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए ।

गौतमले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताए ।

उनले समाजवादी मोर्चामा दुई-तीन वटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077