Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन् - नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने नसोचौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको कमजोरी सुधार्न ध्यान दिनुपर्ने बताएका छन् ।

शनिबार पोखरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताए । कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने दुबै प्रवृत्ति देखिएको बताए ।

तर यी दुबै प्रवृत्ति गलत हो भन्दै उनले कांग्रेसको कमजोरी सुधार्न ध्यान दिनुपर्ने बताए । कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेको तर सँगसँगै केही कमजोरी पनि रहेको भन्दै थापाले ती कमजोरीलाई सच्याउनैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077