Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले चुनावको होइन देश र जनताको चिन्ता लिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावको चिन्ता छोडेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका छन् ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा बोल्दै महामन्त्री शर्माले पार्टीले ०८४ को चुनावका लागि नभई अह‍िलेका लागि चिन्ता गर्नुपर्ने बताएका हुन्।

महामन्त्री शर्माले भने,‘२०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो ।'

महामन्त्री शर्माले चार वटा प्रदेश सरकार र ३२९ स्थानीय तहको नेतृत्व गरेको पार्टीले ०८४ मा हुने चुनावको चिन्ता छोडेर देश र जनताको लागि काम गर्नुपर्ने बताए। संगठनलाई मजबुत बनाउँदै प्रदेश र स्थानीय तहमा रहेका कांग्रेस नेतृत्वको सरकारले राम्रो काम गरे आगामी चुनावको चिन्तै लिन नपर्ने उनको भनाइ छ।

उनले विपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेसको केन्द्रीय समिति बैठक अगाडि बढ्ने बताए। उनले विपी दूरदर्शी र परिपक्व नेता रहेको र उनको विचारलाई कांग्रेसले नछोड्ने बताए।

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उनको गुनासो थियो। त्यसकारण झापा आन्दोलन र माओवादी आन्दोलन भएको र त्यसबाट देशले ठूलो क्षति ब्यहोर्न परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077