Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीको स्वास्थ्यमा गम्भीर समस्या छ, सर्जरीकै खाँचो छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उम्मेदवार चयन गर्दा अनिवार्य प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले यस्तो प्रस्ताव गरेका हुन् । पौडेलले सभापति चुन्न पार्टीका सबै क्रियाशील सदस्यले मत दिने व्यवस्था गर्न प्रस्ताव गरे ।

पौडेलले भने,‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरूरी छ । पार्टीलाई सुधार गर्न जरूरी छ, सर्जरीकै आवश्यकता छ।’

उनले अहिले कांग्रेस संकटको अवस्थामा रहेको भन्दै आत्ममूल्यांकन गरेर सुधारतर्फ अघि बढ्नुपर्ने भन्दै सुझावहरु राखे । लामो समयदेखि पार्टीमा भएका विभिन्न घटनाले पलायनता, निष्कृयता र विद्रोहको मानसिकता देखिन थालेकोले यो स्थिति अन्त्य गर्नुपर्ने उनले बताए।

उनले पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्ने बताए। त्यसका लागि महामन्त्रीहरूले पेश गरेको एजेन्डा मात्र पर्याप्त नहुने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077