Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरमा छात्रवृत्तिका लागि १ हजार बढीले दिए आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाले अनलाइन आवेदन दर्ता गरेका छन् ।

काठमाडौं महानगरले असार २८ गते बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह साढे तीन बजेसम्म सो संख्यामा अनलाइनमार्फत आवेदन परेको हो ।

जसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन्। दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन्। यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ।

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको महानगरपालिकाले जनाएको छ ।

कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको महानगरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077