Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले भने – विधानको अभ्यासलाई अतिरञ्जित नगरौं, सभापति देउवा डुबे सबै डुब्छौ

    गण्डकीका मुख्यमन्त्री पाण्डेले भने – विधानको अभ्यासलाई अतिरञ्जित नगरौं, सभापति देउवा डुबे सबै डुब्छौ

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 675
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्काल संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने कुनै आवश्यक्ता नरहेको बताएका छन् ।

    केन्द्रीय समितिको तेस्रो दिन चलिरहेको बैठकको प्रारम्भमा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले यस्तो बताएका हुन् ।



    मुख्यमन्त्री पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने भन्दै महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताए । महामन्त्री थापाले संसदीय दलको नेताको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।



    मुख्यमन्त्री पाण्डेले भने, ‘विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । सभापतिले पनि सक्नुहुन्न् । कसैले पनि सक्दैन । त्यो कुन बेला कुन समयमा प्रयोग गर्ने हो । त्यो गरौं । त्यसमा आपत्ति छैन । गर्ने कुरालाई भनेर मात्रै अतिरञ्जित नगरौं । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ ।’

    पार्टीका प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले माग गरेमा संसदीय दलको नेताका लागि चुनाव हुने व्यवस्था छ । विधानको व्यवस्था कार्यान्वयन गर्न सकिने तर बाहिर बोल्दै हिँड्न नहुने पाण्डेको तर्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार