Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र ल्याण्डफिल्ड साइटका स्थानीयवासीबीचको बैठक बिना निष्कर्ष सकियो

काठमाडौं । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ।

बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकास मन्त्रीको पहलमा बसेको बैठक फोहोर उठाउने सहमति बिना नै सकिएको हो ।

छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताईएको छ ।

ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले स्थानीयबासीहरूको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए ।

तीन दिनदेखि ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा फोहोरको गाडीहरू रोकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077