Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस बैठकमा नैनसिंह महरले भने– सरकार, संसद र पार्टीबीच समन्वयमा समस्या देखियो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद र पार्टीबीचको समन्वयमा कमजोरी देखिएको बताएका छन् ।

पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका हुन् ।

महरले भने, ‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहका बीच ठूलो खाडल देखिन्छ। संसदले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ । यो अवस्थाको अन्त्य हुनुपर्छ।'

यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिए ।

गठबन्धन गरेर जाँदा बहुमत नआए पनि ठुलो पार्टी बनेको भएपनि औचित्यमाथि प्रश्न उठेको भन्दै अब गठबन्धन नगरी आफ्नै खुट्टामा टेकेर हिँड्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077