Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनामनगरको भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर

काठमाडौं । अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । महानगर प्रहरीले तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार डोजर चलाएको हो ।

२०६२ सालदेखि सञ्चालित सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको छ ।

साथै यहाँ रहेको विद्यालयको व्यवस्थापन महानगरको शिक्षा विभागले गर्ने छ भने सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई भने मानव सेवा आश्रममा पठाइने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077