Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालक बचाउन गएका युवकको नहरमा डुबेर मृत्यु

कैलाली । राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको लम्की नहर खण्डमा डुबेर एक युवकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका-६ तिल्काका १७ वर्षीय योगेश चलाउनेको नहरमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार स्थानीय १० वर्षीय गणेश चलाउने नहरमा नुहाउँदै गर्दा डुबेपछि उनलाई उद्धार गर्न गएका योगेशको नहरमै डुबेर ज्यान गएको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले आज दिउँसो झण्डै ४ बजेको समयमा गणेशलाई बचाउन गएका योगेशको नहरमै डुबेर ज्यान गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077