Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता लेखकले भने - प्रमुख प्रतिपक्ष एमाले आक्रामक छ, तर धैर्यको कमी देखिन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले संसदमा प्रमुख प्रतिपक्षी दल निकै आक्रामक रहेको बताएका छन् ।

मंगलबारबाट सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा संसदमा कांग्रेसको भूमिकाबारे प्रतिवेदन पेश गर्दै नेता लेखकले यस्तो बताएका हुन् ।

नेता लेखकले सबैभन्दा ठूलो दलको हैसियतले गठबन्धनको सरकारलाई स्थिर र स्थायी बनाउन सदनभित्र सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताए।

नेता लेखकले भने, ‘सत्ता गठबन्धन परिवर्तन भयो त्यसले पनि प्रमुख प्रतिपक्ष आक्रामक छ । आक्रमकमात्रै होइन परिपक्व त छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ ।एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ। अरू प्रतिपक्ष आक्रामक र अधैर्य छन् । त्यसोभएकाले सत्ता गठबन्धन मात्र होइन कि प्रतिपक्षसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने छ ।’

लेखकले रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीहरुलाई संकेत गर्दै उनीहरुले संसदीय प्रक्रिया बुझ्न अझै समय लाग्न सक्ने बताए ।

कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धनमात्रै नभई संसदमा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको उनले बताए ।

उनले पाँच वटा जिम्मेवारी संसदमा निर्वाह गर्नुपर्ने कांग्रेसमा रहेको भन्दै कानुन निर्माण र सरकारलाई जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077