काठमाडौं । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म हुने ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि काठमाडौं महानगरपालिका छनोट भएको छ ।
पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि काठमाडौं महानगरपालिका छनोट गरेको हो ।
आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ । यो अवार्ड कार्यक्रम विगत १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ ।
अवार्डका लागि महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले आवेदन दिन सक्छन् ।आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।
अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।
Leave a Reply