Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बञ्चरेडाँडाबासीको आन्दोलनले आज पनि फोहोर विसर्जनमा अवरोध

काठमाडौं । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले आज पनि आन्दोलन जारी राखेका कारण काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर बिसर्जनमा अवरोध भएको छ।

नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गर्दै आन्दोलनरत स्थानीयले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेका प्रहरीले जनाएको छ ।

हिजोदेखि पुनः आन्दोलित स्थानीयहरु मंगलबार पनि बिहानैदेखि सडकमा उत्रिएका हुन् । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् ।

संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् । महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति गरेपनि सहमतिका नाममा झुक्याइएको स्थानीयबासीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077