Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अक्सिजन अभावले नेपाल एयरलाइन्सको विमान मलेसियामा डिले, छानबिन समिति गठन

काठमाडौं । मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको नेपाल वायुसेवा निगमको न्यारोबडी विमानको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको हो ।

चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल एयरलाइन्सको विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको थियो ।

उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् । अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले जनाएको छ ।

के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077