काठमाडौं । सशस्त्र प्रहरीका पाँचजना इन्स्पेक्टरलाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरिएको छ ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको हो ।
बढुवा समितिको आइतबार बसेको बैठकको निर्णयाअनुसार प्रमोद वावु थापा, तुलसिंह के.सी, सन्तोष कुमार चन्द, दिवाकर राउत र राजेश कुमार सिंहलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ (सात) दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।