Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले सहकारी संस्थामा समस्या आएको भन्दै नियमन गर्नका लागि शक्तिशाली नियामक निकाय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद शर्माले भने,'सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।'

सांसद शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरेका छन् ।

उनले आन्दोलनमा हस्तक्षेप गर्न नहुने बताए । उनले केही सहकारीकर्मीहरुका कारण देशका सयौं सहकारीहरु आलोचित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077