Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले मनोनीत गर्यो केन्द्रीय प्रचार विभागमा ११ सदस्य

काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो ।

प्रचार विभाग प्रमुखको सिफारिसमा एलबी शेख, रामकृष्ण ज्ञवाली, शेरबहादुर केसी, दीपक ज्ञवाली, सूर्यमणि गौतम, हेमन्त पौडेल र अक्षरी पोखरेललाई सदस्य मनोनीत गरिएको छ ।

त्यस्तै, विभागको सदस्यमा डा. महेन्द्र बिष्ट, गणेश पाण्डे, राजेश राई र लिलाराज भट्टराई थपिएका छन् ।

मनोनीत भएका सदस्यहरूको विवरण अन्तर पार्टी निर्देशनमा पठाइने भन्दै सार्वजनिक गरिएको छैन । साथै एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ छन् भने प्रचार विभाग प्रमुख राजेन्द्र गौतम छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077