Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा डुबेर बालक र वृद्धको मृत्यु

झापा । झापामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गौरादह नगरपालिका वडा नंं २ हाँस खोराका गोविन्द ताज पुरियाका १३ वर्षीय एन्जल ताजपुरियाको शनिवार अपराह्न डुबेर मृत्यु भएको हो ।

स्थानीय किस्ने खोलामा ४ जना साथीहरू मिलेर पौडी खेल्न गएका एन्जल डुबेपछि साथीहरूले परिवारलाई जानकारी गराएका थिए । स्थानीयले डुबेको केही बेरमा नै खोलाबाट निकाल्दा मृत्यु भइसकेको थियो ।

एन्जल स्थानीय ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077