Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिके राउत नेतृत्वको जनमत पार्टीको प्रवक्तामा शरदसिंह यादव

काठमाडौं । जनमतले लोसपाबाट प्रवेश गरेका डा. शरदसिंह यादवलाई पार्टी प्रवक्ता तोकेको छ । बिहीबार साँझ बसेको पार्टीको सचिवालय बैठकले डा. यादव प्रवक्ताको जिम्मेवारी दिइएको हो।

साथै जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई पार्टीको उपाध्यक्ष बनाइएको छ ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय समेत गरेको छ ।

पछिल्लो समय जनता समाजवादी (जसपा) त्यागेर जनमतमा प्रवेश गरेका नेताहरुलाई केन्द्रीय समितिमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077