Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनले युक्रेनमा युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको र रुससँग स्रोतको अभाव रहेको साथै आर्थिक सङ्कटमा परेको बताएका छन् ।

नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले सो कुरा बताएका हुन् ।

उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन । युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दवाव दिन सक्ने बाइडेनले बताए ।

“युक्रेनले आफ्नो आक्रमणमा महत्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” बाइडेनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077