Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रक्षामन्त्री खड्का भन्छन् - मुलुकको भौगोलिक रक्षा गर्न सेना प्रतिबद्ध छ, शंका नगर्नूस्

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना भौगोलिक अखण्डता र सीमाको रक्षा गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा रक्षा मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

उनले नेपालको भौगोलिक रक्षामा सेनाको भूमिकालाई लिएर शंका नगर्न आग्रह गरे ।

'सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ । त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, सीमा रक्षाका लागि हामी नेपाली र नेपाली सेना पूर्णरूपमा प्रतिबद्ध छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077