Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकार र युट्युबर धरौटीमा रिहा

काठमाडौं । वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन् ।

जिल्‍ला प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला अदालत काठमाडौं ले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन् । उनीहरु पाँच हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।

प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई मुख्य अभियुक्तको रूपमा मुद्दा पेश गरेको थियो । खड्कासँग अदालतले १० लाख र धितालसँग ५ लाख धरौटी माग गरेको हो ।

युट्युबर एवं कलाकारहरू जलन घर्मिमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा (पिके भाइन्स पवन खतिवडा) पक्राउ परेका थिए।

सरकारी वकिलले अभियुक्त खड्का र धितालविरूद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कसुर गरेको भन्दै उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077