पर्सा । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् ।
बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाइ छिपाइ चरेस नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेश र मोटरसाइलकसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।