Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती कार्यबाहक राजदूत बर्डबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डबीच भेट भएको छ ।

उनीहरुबीच बुधबार स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । सो भेटका क्रममा स्वास्थ्य क्षेत्रमा भएको दुईपक्षिय सहयोग र सम्झौताका बिषयमा कुराकानी भएको बताईएको छ ।

मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास अपेक्षा रहेको बताए ।

कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको उल्लेख गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077