Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र फ्रान्सका राजदूत गिल्सबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओबीच भेटवार्ता भएको छ ।

सभामुख घिमिरे र राजदूत बोरबाओबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो ।

उक्त भेटका क्रममा नेपाल-फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापारलगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसंघ लगायतका साझा मञ्चहरुमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सबलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।

जवाफमा राजदूत गिल्सले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077