Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडक व्यापारीमाथि सामान खोस्दै लछारपछार गर्ने १२ जना नगरप्रहरीको जागिर चैट

काठमाडौं । काठमाडौं महानगरपालिकामा सडक व्यापारीको ठेला र साइकल खोस्दै लछारपछार गर्ने करारका नगर प्रहरीले जागिर गुमाउनु परेको छ ।

महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने १२ जनालाई कारवाही गरेको हो।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । त्यस्तै, ५ जना महानगर प्रहरीलाई भने निलम्बन गरिएको छ ।

पहिले नै उनीहरुलाई विभागीय कारबाही गर्दै सचेत गराइएको भए तापनि फेरि अमानवीय व्यवहार गरेको भन्ने जनगुनासो बढेपछि जागिरबाटै हटाएको बताईएको छ ।

केही समययता सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको भिडिओ सार्वजनिक भएसँगै जनस्तरबाट महानगर प्रहरीको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077