Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असफल विद्रोहपछि वाग्नर प्रमुखले मस्कोमा पुटिनलाई भेटेको खुलासा

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र वाग्नर समूहको प्रमुख येभगेनी प्रिगोजिनबीर गत महिनाको असफल विद्रोहपछि भेट भएको खुलासा भएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमान्डरमध्ये प्रमुख प्रिगोजिन पनि थिए ।” भेटमा राष्ट्रपति पुटिनले युक्रेन युद्ध र विद्रोहको प्रयासको ‘मूल्याङ्कन’ गरेका उनले बताए ।

रूसमा २३ जुनमा सुरु भएको विद्रोह २४ घण्टा मात्र चलेको थियो । विद्रोह अन्त्य गर्न एक सम्झौता भएको थियो ।

जसमा वाग्नर सेनाले सहर कब्जा गरेको भनिएको, मस्कोमा मार्च गरेको र प्रिगोजिनविरुद्धको आरोपहरू हटाइयो र उसलाई बेलारूस सर्ने प्रस्ताव गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077