Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा बजेटलाई समर्थन नगर्ने सत्ता गठबन्धनका तीन दलको निर्णय

धनगढी । सुदूरपश्चिममा कांग्रेस बाहेकका तीन सत्तारुढ दलले असार १ गते प्रदेश सरकारले ल्याएको बजेट
यथास्थितिमा पारित गर्न नसक्ने निर्णय गरेका छन् ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय दलको संयुक्त बैठकले बजेट उपयुक्त नरहेको भन्दै यस्तो निर्णय गरेका हुन् ।

तीन दलले आफूहरुसँग भएको छलफल र सुझावलाई बेवास्ता गरेको, प्रदेशसभा सदस्य र जनताको भावना, प्रदेशको आवश्यकता तथा औचित्य विपरीत बजेट ल्याएको निष्कर्ष निकालेको छ ।

अहिले उक्त निर्णय लिएर तीनै दलका नेताहरु मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर वार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077