Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा बस दुर्घटना अपडेट : एकजनाको मृत्यु, १६ जनाको अवस्था गम्भीर

कैलाली । बैतडीको मेलौलीमा भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का उमेश भण्डारी रहेका छन् भने दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरू मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ। केही घाइतेहरूको पहिचान हुन बाँकी रहेको र २२ जना घाइतेहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ।

दुर्घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077