Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानिर्देशक अधिकारीले बुझाए पर्यटनमन्त्री किरातीलाई स्पष्टीकरण

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष स्पष्टीकरण पेश गरेका छन् ।

गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यालय समयमा अधिकारीले स्पष्टीकरणको जवाफ दर्ता गरेका हुन् ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

मन्त्री किरातीले तीन दिने स्पष्टीकरणको जवाफ चित्त नबुझे अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने बताए । पहिलो पटक सात दिने समय दिएर सोधेको स्पष्टीकरणमा निर्देशक अधिकारीले जवाफ नदिएपछि मन्त्री किरातीले दोस्रो पटक तीन दिनको समय दिएर स्पष्टीकरण माग गरेका थिए ।

मन्त्रीले सोधेको स्पष्टीकरण फेसबुकबाट सार्वजनिक भएको र आफू संलग्न नभएको पोखरा विमानस्थल सम्बन्धी विषय त्यसमा रहेको भन्दै अधिकारीले स्पष्टीकरण नदिने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077